कांग्रेसले ७ गते केन्द्रीय कार्यसमिति बैठक बोलायो

कांग्रेसले ७ गते केन्द्रीय कार्यसमिति बैठक बोलायो

काठमाडौं : नेपाली कांग्रेसले पर्सि ७ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।

राष्ट्रपतिले आज संसद विघटन गरेसँगै देशभर यसको विरोध भएको र पार्टीले चाल्ने आगामी कदमबारे छलफल गर्न कांग्रेसले बैठक डाकेको हो। केन्द्रीय समिति बैठकका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई बोलाइएको कांग्रेसले जनाएको छ।

आगामी ७ गते दिउँसो १ बजे पार्टी मुख्यालय सानेपा ललितपुरमा बैठक डाकिएको हो।

साथै कांग्रेसको आज बसेको पदाधिकारी बैठकले संसद विघटन गैरसंवैधानिक भएको भन्दै सडक आन्दोलन गर्ने निर्णय पनि गरेको थियो।

सम्बन्धित खवर