कांग्रेसलाई संसद् विघटन मान्य छैन : डा कोइराला

कांग्रेसलाई संसद् विघटन मान्य छैन : डा कोइराला

विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटन कांग्रेसलाई मान्य नहुने बताउनुभएको छ । प्रेस युुनियन मोरङले आज यहाँ गरेको पत्रकार सम्मेलनमा उहाँले ‘संसद् विघटनको कदम असंवैधानिक हो’ भन्नुभयो । उहाँले प्रधानमन्त्रीलाई संविधानको कुुनै पनि धारामा संसद् विघटन गर्ने अधिकार नभएको दावी गर्नुभयो ।

संसद् विघटनको कदमले लोकतन्त्र विरोधीलाई बल पुुगेको भन्दै केन्द्रीय सदस्य कोइरालाले सबै राजनीतिक दल विरोधमा लाग्नुुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्र र संविधानको रक्षाका लागि दलहरु मिलेर अघि बढ्नुुपर्छ ।”

सम्बन्धित खवर