गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राजीनामा नदिने

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राजीनामा नदिने

पूर्वमाओवादी कोटाबाट गृहमन्त्रीमा नियुक्त रामबहादुर थापा ‘बादल’ले भने राजीनामा नदिने भएका छन् । पूर्वमाओवादी कोटाका अन्य मन्त्री राजीनामा दिने तयारीमा रहेका बेला बादलले प्रधानमन्त्री केपी ओलीलाई साथ दिँदै राजीनामा नदिने मुडमा रहेका हुन् ।

अध्यक्ष प्रचण्डले पूर्वमाओवादी कोटाबाट नियुक्त भएका मन्त्रीहरूलाई सामूहिक राजीनामा गर्न आग्रह गरेका थिए । उनी पूर्वमाओवादी कोटाका अन्य मन्त्रीलाई फिर्ता गराउने तयारीमा छन् । त्यसैगरी, पूर्वएमालेका माधव नेपाल समूहका मन्त्रीहरू पनि राजीनामा दिने मुडमा छन् ।

बादल प्रधानमन्त्री ओलीनिकट देखिएका छन् । प्रधानमन्त्री ओलीलाई हरेक कदममा साथ दिँदै आएका बादलले संसद् विघटन प्रक्रियामा साथ दिएका छन् । मन्त्रिपरिषद् विघटनको सिफारिस गर्नुअघि प्रधानमन्त्री ओलीले बादलसँग छलफल गरेका थिए ।

सम्बन्धित खवर