सेन्चुरी १०० लिङ्कको दादागिरी, कामदारलाई तलब नै नदिइ बनायो बिचल्ली

सेन्चुरी १०० लिङ्कको दादागिरी, कामदारलाई तलब नै नदिइ बनायो बिचल्ली

पथरी, सेन्चुरी १०० लिङ्कले दादागिरी शैलीमा कामदारलाई बिचल्ली बनाएको छ ।

उर्लाबारी २ बरगाछीबाट सञ्चालनमा रहेको यो कम्पनीमा कार्यरत कर्मचारीहरुले महिनौ देखिको तलब नपाएको गुनासो गरेका छन् । महिनौ देखिको तलब नपाएका कामदारलाई कम्पनीले दिएको बाइक समेत बिनाकारण खोसेर शुक्रबार बिचल्ली बनाएको कामदार उमेश धिमालले बताए ।

‘‘केही दिनअघि देखि नै तलबका विषयमा कम्पनीका व्यवस्थापक कुमार कार्कीसंग कुराकानी भइरहेको थियो । आज (शुक्रबार) तलब दिने भनेर कार्कीले उर्लाबारी चिउरा मिल छेउमा बोलाए तर तलब दिनुको सट्टा उल्टै बाइकको चाबी खोसेर लगे –धिमालले भने हामी बिचल्लीमा परेपछि घरबाट लिनलाई साथिभाइ बोलाएका छौँ ।’’

रातको समयमा उर्लाबारीमा बिचल्ली भएपछि इलाका प्रहरी कार्यालय उर्लाबारी पुगेका उनिहरुलाई भोली कार्यालय समयमा आएर निवेदन दिन भनेको अर्का कामदार नविन अधिकारीले बताए ।

मासिक १५ हजारका दरले तलब सुविधा लिने गरेका उमेशको २ महिनाको सुविधा लिन बाँकी रहेको छ । अर्का कामदार खगेन्द्र मगर र निसान धिमालको सुबिधा मासिक १२ हजार छ तर ४ महिना देखि तलब नपाएको उनिहरुले बताएका छन् । यस्तै मासिक ३० हजार सुविधा लिने नविन अधिकारीको १ लाख ५० हजार सुविधा लिन बाँकी रहेको छ । दिपक कटुवालको मासिक १२ हजारका दरले ४ महिनाको सुविधा लिन बाँकी रहेको छ । यस्तै दिपेन्द्र पौडेलको पनि मासिक ११ हजार ५ सयका दरले ४५ दिनको सुविधा लिन बाँकी रहेको बताएका छन् ।

सेन्चुरीका सञ्चालक गोविन्द र सरोज भट्टराई हुन् । यो विषयमा बुझ्नका लागि व्यवस्थापक कार्की र गोविन्द भट्टराईलाई पटक पटक सम्पर्क गर्दा पनि टेलिफोन सम्पर्क हुन सकेन । कार्कीको मोबाइल स्विच अफ छ भने भट्टराईको फोन उठ्दैन । सेन्चुरीले बिराटचौक, पथरी शनिश्चरे, उर्लाबारी र दमकमा सेवा प्रदान गरिरहेको छ ।

 

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: