पेरिसडाँडामा प्रचण्डनेपाल पक्षको ‘प्रदेशगत गुट भेला’ हुदैँ

पेरिसडाँडामा प्रचण्डनेपाल पक्षको ‘प्रदेशगत गुट भेला’ हुदैँ

काठमाडौं : सत्तारुढ नेकपामा चलिरहेको आन्तरिक विवादका बीच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले पेरिसडाँडामा बैठक डाक्न सुरु गरेको छ । यससँगै पार्टीमा बढिरहेको आन्तरिक विवादले चरम रुप लिने संकेत देखिएको छ ।

प्रचण्ड नेपाल पक्षले आज प्रदेश १ का जिल्ला पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको भेला गर्ने भएको छ । प्रदेशका १४ जिल्लाकै आफ्नो पक्षका अध्यक्ष र सचिव तथा केन्द्रीय सदस्यलाई पनि भेलामा बोलाइएको नेपाल पक्षका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

नेकपामा आन्तरिक विवादको सुरुवातसँगै प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र प्रचण्ड नेपाल पक्ष गुटगत गतिविधिमा सक्रिय देखिएका छन् । ओली पक्षले मदन भण्डारी फाउण्डेसनको नाममा भेला तथा बैठक गरिरहेको छ भने प्रचण्ड नेपाल पक्षले संगठनकै नाममा भेला गरिरहेको छ । नागरिकखबरबाट साभार

सम्बन्धित खवर