पथरी शनिश्चरे प्रिमियर लिग सिरिजङ्गा विजयी हुदैँ ६ अंक जोड्यो

पथरी शनिश्चरे प्रिमियर लिग सिरिजङ्गा विजयी हुदैँ ६ अंक जोड्यो

पथरी, प्रथम टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिगमा आजको खेलमा सिरिजङ्गा फुटबल क्लव बिजयी हुदै ६ अंक जोडेको छ ।

प्रस्तावित पथरी रंगशालामा सम्पन्न खेलमा शिखर फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सिरिजङ्गाले लिगको अंक तालिकामा ३ अंक थपेको हो ।

योसँगै २ खेल खेलेको सिरिजङ्गाले दुवै खेलमा जित हात पार्दै ६ अंक जोडेको हो । खेलको ४९ औँ मिनेटमा सिरिजङ्गाका मंजिल खड्काले टिमका लागि पहिलो गोल गरेका थिए । खेलको ५९ औँ मिनेटमा सिरिजङ्गाका दिल कुमार याक्सोलाई लडाएर पाएको फलको सदुपयोग गर्दै जहरमान चेम्जोङ्गले फ्री किक मार्फत जाली चुमाएका थिए । उनको गोल नै सिरिजङगालाई नतिजा आफ्नो पक्षमा पार्न निर्णायक बनेको थियो ।

२–० ले पछाडी परेको शिखर फुटबल क्लबका लागि ७९ औँ मिनेटमा सौरज राउतले जवाफि १ गोल गरे पनि हार टार्न सकेन ।
दुवै टिमका लागि प्राप्त केही अवसरहरु सदुपयोग हुन सकेन । खेलको ३५ औँ मिनेटमा सिरिजङ्गाका प्रताप चेम्जोङ्गको पासमा दिल कुमार याक्सोले पाएको अवसर चुकेको थियो ।

खेलको १७ औँ मिनेटमा शिखर फुटबल क्लबका साइमन लिम्बुको पासमा निरज परियारले उत्कृष्ट हेड गरे पनि गोल हुन सकेन ।
आजको खेलको सोनालिका म्यान अफ दि म्याच सिरिजङ्गाका जहरमान चेम्जोङ्ग भएका छन ।

लिग अन्तर्गत भोलीको खेल टेन नवोदय र वाई.जी.एफ.टी विच हुनेछ । लिगकम नकआउट शैलीमा मोफसलमा पहिलो पटक खेलाडी लिलाम बिक्रीबाट छनौट गरि खेल आयोजना गरिएको हो ।

प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर