अमरदहको पारस किरानामा आगलागी, करोडौँको क्षति

अमरदहको पारस किरानामा आगलागी, करोडौँको क्षति

अमरदह, मोरङको सुनवर्षी २ अमरदहमा रहेको पारस किराना पसलमा आगलागी भएको छ ।

आगलागीबाट १ करोड ५० लाख भन्दा बढिको क्षति भएको अनुमान गरिएको छ । अझै पूर्ण रुपमा विवरण आइनसकेकाले कति क्षति भयो भन्ने यकिन तथ्याङ्क भने आउन बाँकी रहेको प्रहरीचौकी अमरदहले जनाएको छ ।

पारस शाहले सञ्चालन गरेकाे पारस किरानामा आज राति करिब १ बजेबाट आगो लागेको हो । आगलागीबाट पारस किराना पसलको सम्पूर्ण सामान जलेर नष्ट भएको छ । राति करिब २ बजेबाट खटिएका ६ वटा बारुणयन्त्र (दमकल) ले बिहान ६ बजे मात्रै आगो नियन्त्रणमा लिन सफल भएका हुन् । अझै पसलका समानमा आगो रहेका कारण ३ वटा दमकलले पूर्ण रुपमा नियन्त्रण लिने प्रयास गरिरहेको त्यहाँ स्थित हाम्रा संवाददाता सुमन श्रेष्ठले जानकारी दिएका छन् ।

पारस किराना पसल अमरदहकै सबैभन्दा ठुलो होलसेल किराना पसल हो । करोडौँको कारोबार गर्ने पसल जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

आगो नियन्त्रणमा लिनका लागि प्रहरी चौकी अमरदह, स्थानीयवासी सहित बिराटनगर, रंगेली, सुन्दहरहरैँचा, बेलबारी, कानेपोखरी र दमकका गरी ६ वटा बारुणयन्त्र खटिएका थिए ।

 

सम्बन्धित खवर