खोटाङ र उदयपुर जोड्ने सुनकोशी, फोक्सिङटारमा अस्थायी बेलिब्रिज सञ्चालनमा

खोटाङ र उदयपुर जोड्ने सुनकोशी, फोक्सिङटारमा अस्थायी बेलिब्रिज सञ्चालनमा

खोटाङ : खोटाङ र उदयपुर जोड्ने सुनकोशी, फोक्सिङटारमा अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याइएको छ ।

पूर्वी सहरसँग जोड्ने दिक्तेल-गाईघाट-सगरमाथा राजमार्ग अन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका ९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका ५ आँपटार जोड्ने सुनकोसी फोक्सिङटारमा अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याइएको हो ।

गाईघाट-दिक्तेल सडक आयोजनाको झण्डै ८४ लाख रुपैयाँ लागतमा रेग्मी निर्माण सेवा गाईघाटले गएको मंसिर ५ गतेदेखि जडान सुरु गरेको अस्थायी बेलिब्रिज हिजोदेखि सञ्चालनमा आएको गाईघाट(दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर गोपाल खकुरेलले बताउनुभयो ।

हिउँदभरि सञ्चालन गर्ने गरी बेलिब्रिज जडान गरेसँगै दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, विराटनगरलगायतका सहर जाने दोश्रो र छोटो बाटो खुलेको छ । फोक्सिङटारमा बेलिब्रिज नहुँदा खोटाङका बासिन्दा दिक्तेलबाट घुर्मी-कटारी हुँदै पूर्वी सहर आउने र जाने गरेका थिए ।

फोक्सिङटारमा निर्माणाधिन पक्की आर्क डिजाइनको पुल निर्माणको काममा ढिलासुस्ती हुँदै आएको छ । पक्की पुल नबनेपछि विगत ५ वर्षदेखि बेलिब्रिज राख्ने गरिएको हो ।

सम्बन्धित खवर