हिंसात्मक गतिविधिमा सक्रिय विप्लव समूहमाथि सेनाले निगरानी बढाउने

हिंसात्मक गतिविधिमा सक्रिय विप्लव समूहमाथि सेनाले निगरानी बढाउने

काठमाडौं : हिंसात्मक गतिविधिमा सक्रिय भएको नेत्रविक्रम चन्द विप्लव समूहमाथि नेपाली सेनाले निगरानी बढाउने भएको भएको छ ।

संविधान विपरित राजनीतिक दलको आडमा हुने हिंसात्मक गतिविधि नियन्त्रणका लागि सेनाले विप्लव समूहमाथि निगरानी बढाउने भएको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले सबै गुल्मका सेनालाई अलर्ट हुन र विप्लव समूहको गतिविधिलाई सुक्ष्म ढंगले निगरानी गर्न निर्देशन दिएका छन् ।

देशका विभिन्न गुल्महरूको भ्रमणका क्रममा प्रधानसेनापति थापाले गैरसंवैधानिक प्रक्रियामा रहेका हिंसात्मक प्रकृतिका समूहको सम्भावित गतिविधिसँग जानकार रहन निर्देशन दिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यस्तै प्रधानसेनापति थापाले हिउँदमा कोरोना संक्रमण थप बढ्न सक्ने भएकोले सुरक्षा मापदण्ड पालना गर्न समेत आग्रह गरेका छन् ।

थापाले महामारीको समयमा प्रदेश तथा स्थानीय सरकारलाई आवश्यक सहयोग पु¥याउन सैनिक कमाण्डरहरूलाई निर्देशन दिएका छन् ।

सम्बन्धित खवर