कक्षा ११ को पाठ्यक्रम विवादः नयाँ कि पुरानो भन्नेमै अन्योल

कक्षा ११ को पाठ्यक्रम विवादः नयाँ कि पुरानो भन्नेमै अन्योल

काठमाडौं : सरकारले यो वर्षदेखि कक्षा ११ का लागि नयाँ पाठ्यक्रम लागू गरेको घोषणा गरेको करिब दुई महिना पुग्यो । अधिकांश विद्यालयले नयाँ पाठ्यक्रमअनुसार पढाउन शुरु गरिसकेका छन् । नयाँ पाठ्यक्रमअनुसार पढाइ शुरु गरिरहेको अवस्थामा सर्वोच्च अदालतले हलो अड्काइदिँदा समस्या बढेको छ ।

सर्वोच्च अदालतले यही कातिक २० गते नयाँ पाठ्यक्रमअनुसार पढाउने वा पुरानैलाई निरन्तरता दिने विषयमा सरकारसहितलाई छलफलमा बोलाउन अल्पकालीन आदेश दिएको थियो । पछि सो विषयमा किनारा लाग्न नसकेपछि यही पुस ६ गते फैसला गर्ने तयारी भएको छ ।

‘हामी त अचम्मित भएका छौं, पढाइ शुरु भइसकेको छ, नयाँअनुसार पढाउने कि पुरानो भन्ने विषयमा निर्णय हुन नसक्दा समस्या बढेको छ।’ प्याब्सन अध्यक्ष टीकाराम पुरीले भने । उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तय गरेको पाठ्यपुस्तक लागू नगराउनु भनेको लाखौं विद्यार्थीको भविष्य अन्योलमा पुग्नु भएको जनाए ।

प्याब्सनका अधिकांश विद्यालयले नयाँ पाठ्यक्रमअनुसार पाठ्यपुस्तक खरिद गरेर पढाइ शुरु गरिसकेका छन् । तर, अदालतले निर्णय गर्न नसक्दा समस्या बढेको छ । हिसानका केही अधिकारीले तयारी पूरा नभएकोे भन्दै पुरानैमा पाठ्यक्रम पढाउनुपर्ने अडान दोहोर्‍याउँदै आएका छन्।

सम्बन्धित खवर