बैतडीको डिलाशैनी गाउँपालिकामा थप एक हप्ता लकडाउन थपियो

बैतडीको डिलाशैनी गाउँपालिकामा थप एक हप्ता लकडाउन थपियो

बैतडीको डिलाशैनी गाउँपालिकाको लकडाउन थप एक हप्ताका लागि लम्ब्याएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहका अनुसार ५ पुससम्म लकडाउन लम्ब्याइएको हो । उनले भने, ‘कोरोनाको जोखिम कायमै रहेकाले लकडाउन थप्ने निर्णय भएको छ ।’

आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले आजदेखि लागू हुने गरी ५ पुससम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष उकेन्द्रबहादुर बोहराको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले यसअघि २६ मङ्सिरसम्म लकडाउन गरिएकोमा जोखिम कायमै रहेकाले ५ पुससम्म लकडाउन थप्ने निर्णय गरेको थियो ।

लकडाउनको अवधिमा गाउँपालिकामा अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द रहने छन् ।साथै विद्यालय पूर्णरूपमा बन्द हुने छन् भने पसल पनि बिहान ८ बजेदेखि ९ बजेसम्म मात्रै खुला हुनेछन् ।

सम्बन्धित खवर