नेकपा विवाद जिल्लादेखि स्थानीय तहसम्म ; ओलीको पक्षमा जनलहर, प्रचण्ड–नेपाल समुह निरिह बन्दै

नेकपा विवाद जिल्लादेखि स्थानीय तहसम्म ; ओलीको पक्षमा जनलहर, प्रचण्ड–नेपाल समुह निरिह बन्दै

विराटनगर – प्रदेश १ मा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीको पक्षमा जनलहर देखिएको छ । राष्ट्रवादी नेताको छवि बनाएका प्रधानमन्त्री ओली नेतृत्वको सरकारले संविधान संशोधनसहित भारतले कब्जा गरेको लिपुलेक–लिम्पीयाधुरासहितको नयाँ नक्सा जारी गरि नेपाल इतिहासमै कसैले गर्न नसकेको काम गरेर लोकप्रीय बनेका ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीको पदबाट हटाउन खोजेको भन्दै उनको पक्षमा प्रदेश १ मा जनलहर देखिएको हो ।

पदकै लागि पार्टी र सरकार धरासायी बनाउन खोजेको भन्दै त्यसलाई बचाउन ओलीको पक्षमा व्यापक जनलहर देखिएको छ । प्रदेश १ मा ओली सामु प्रचण्ड–माधव नेपाल समुह निरिह देखिएको छ । विदेशी शक्तिको इसारामा पार्टी विघटनको दिशामा लैजान खोज्नेहरुको भण्डाफोर गर्न अग्रसर भएको युवाहरुले बताएका छन् ।

प्रदेश १ मा प्रचण्ड–माधव नेपालसमुहले आफ्नो प्रभाव देखाउन सवैभन्दा पहिले गुटगत भेला तिब्ररुपमा सुरु गरेपनि सो समुहमा नेता कार्यकर्ताको न्युन मात्रामा सहभागिता देखिएको छ । प्रदेश १ मा गुटगत भेलाको सुरुवात प्रचण्ड–माधव नेपाल समुहले गरेको थियो । प्रचण्ड–माधव नेपाल समुहले सवैभन्दा पहिले गुटगत भेला गरेपछि ओली पक्षले पनि काउण्टर भेला गर्न थालेको छ ।

शनिबार मात्र मोरङको शुन्दरहरैँचामा ओली पक्षिय युवाहरुको भेला भएको छ । सो भेलाले नेकपा प्रथम अध्यक्ष तथा प्रधानमन्त्रीको वकालत गर्न कार्यकर्ता लाई निर्देशन गरेको छ । सत्यको र राष्ट्रियताको पक्षमा ओली कहिल्यै विचलित नभएको भन्दै ओलीको पक्षमा खुलेर लाग्नुपर्ने युवाहरूको बुझाई छ । एक दर्जन बढी युवाहरूले सम्बोधन गरेको कार्यक्रममा ओली देशकालागी विकल्पहीन नेता भएको र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को राजनैतिक उद्धार गरिदिएको समेत बताए ।

प्रदेश १ भरीका १ हजार बढी युवाहरूको उपस्थितिमा भएको भेलाले ओलीको पक्षमा वकालत गर्ने भएको छ । इतिहास मै पहिलो पटक सरकारले राम्रो काम गरेको भन्दै त्यसको प्रचारमा युवाहरू एक हुनुपर्ने उनीहरूको बुझाई छ । भेलालाई नेकपा नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले सम्बोधन गरेका थिए ।

भेलामा राष्ट्रिय युवासंघका सहसंयोजक रमेश पौडेलले आफूले गुटबन्दी गरेको नभई सत्य बोल्ने आँट गरेको बताए । ‘सूर्य लाई सधैभरी ग्रहण लगाउन सकिँदैन । सत्य कहिल्यै लुकाउन सकिँदैन । त्यसैले गाउँ गाउँमा गएर केपी ओली जिन्दाबाद भन्नुस् युवासंघ केन्द्रीय कमिटी तपाईँको साथमा छ’, उनले भने । वरिष्ठ नेता माधव कुमार नेपाल प्रति लक्षित गर्दै उनले हार स्वीकार गर्न नसकेको आरोप लगाए । कुनै बेला आदर्शको सगरमाथा मानेका थियौ । तर उनी त कुण्ठाको सगरमाथा पो रहेछन्, उनले थपे ।

भेलामा बोल्नै अधिकांश नेताहरूले प्रचण्ड प्रति दयाभाव प्रकट गरे । ओलीको अगाडी प्रचण्ड केही पनि नभएको र ओलीकै कारण उनले यती बोल्ने हैसियत पाएको उनीहरूको भनाई थियो । पार्टी अहिले विभाजनको डिलमा पुगेको स्मरण गराउँदै उनीहरूले पूर्व एमाले एक हुनुपर्ने धारणा राखेका थिए ।

भेलामा सहभागि युवाहरुले सरकारले इतिहासमै राम्रो काम गरेपनि काम गर्न नदिएर अल्मल्याइ रहेको बताएका छन् । भेलामा सहभागि हुन शुन्दरहरैँचा पुगेका मोरङको रतुवामाईका युवा संघ संयोजक राम कार्की ‘आदेशले’ पद नपाएको झोकमा पार्टीकै केही नेताहरु सरकारलाई असफल देखाउने षड्यन्त्रमा लागेको प्रति आपत्ति जनाए । ‘विभिन्न निहु निकालेर पार्टी विभाजन गर्न खोज्ने, सरकारलाई काम गर्न नदिएर असफलता देखाउने, पार्टीलाई संरचनात्मक रुपमा चल्न नदिने र पार्टीलाई अराजक बनाउने अभियानमा हाम्रा नेताहरु लाग्नु दुखद हो ।’ उनले भने,‘पार्टीको विधि र प्रकृयाको कुरा गर्ने अनि विधि प्रकया भित्र छिर्न नमान्ने नेताहरुका विरुद्धमा हाम्रो खबरदारी हो । पार्टी एकता भाड्ने तत्वहरुलाई अब हामीलेनै तह लगाउछौँ ।

 

सम्बन्धित खवर