पोखरा : कालिका सामुदायिक डिप बोरीङको चौथो साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कुल प्रसाद पौडेलको अध्यक्षतामा शनिबार साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नंः ३३ का वडाध्यक्षले संस्थालाई उन्नति र बिकासका लागि वडाको तर्फबाट जनप्रतिनिधिको हैसियतले आवश्यक स्रोतहरू जुटाउने प्रतिबद्धता गर्नुभयो ।
कार्यक्रमम विशिष्ट अतिथि केशर प्रसाद निर्दोषी अतिथिहरू पदमराज लामिछाने, रिता आचार्यले शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाका उपभोक्ता निर्मल आचार्यले संस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा संस्थाका सचिव पदमराज पौडेलले सञ्चालन गरेको कार्यक्रममा कर्मचारी सञ्जय आचार्यले स्वागत गर्नुभएको थियो ।