घुम्ती शौचालय उपयोगविहीन

घुम्ती शौचालय उपयोगविहीन

गोलबजार नगरपालिकाले दुई वर्षअघि खरिद गरेको घुम्ती शौचालय अझै उपयोगविहीन बनेको छ ।

गोलबजार क्षेत्रमा हुने सेवाग्राहीको भीडभाड र पैदल यात्रुको सुविधालाई दृष्टिगत गरी नगरपालिकाले रु २० लाखको लागतमा खरिद गरेको घुम्ती शौचालय नगरपालिका जनप्रतिनिधि तथा कर्मचारीको लापरवाहीका कारण उपयोगविहीन बनेको हो ।

घुम्ती शौचालय प्रयोगमा नल्याउँदा बजारमा आउने सर्वसाधारण समस्यामा पर्ने गरेका छन् । गोलबजारका मुख्य चोक तथा हाटबजार क्षेत्रमा हुने सर्वसाधारणको सुविधालाई मध्यनजर गरी नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा दुईवटा घुम्ती शौचालय खरिद गरेको थियो । खरिद गरेको एक वर्षसम्म नगरपालिकाले सम्झौताअनुसारको डिजाइनमा घुम्ती शौचालय निर्माण नभएको भन्दै पटक–पटक फर्काउने र केही फेरबदल गरेर ल्याउने प्रक्रिया कारण दुई वर्षदेखि उपयोगविहीन बनेको नगर प्रमुख देवनाथ साहले जानकारी दिनुभयो ।

लामो समयदेखि थन्किएको शौचालयलाई आवश्यक सुधार गरी ठाउँ खोजेर सञ्चालनमा ल्याइने नगरप्रमुख साहको कथन छ ।

सम्बन्धित खवर