सेल्फी रोडलाई चम्कायो जेसिजले

सेल्फी रोडलाई चम्कायो जेसिजले

भूमिप्रसाद पाठक, पथरी

सामाजिक अभियानमा सक्रियतापूर्वक उभिएको जेसिज, पथरी शनिश्चरेले हिजो मङ्सीर २६ गते नगरको वडा नं. २ स्थित सेल्फी रोडलाई विभिन्न उद्देश्यमूलक होडिङ बोर्डहरू राखेर चम्काउने काम गरेको छ ।

महेन्द्र राजमार्गदक्षिण सुनझोडा खोला किनारमा रहेको सुनगङ्गा घाटदेखि स्थानीय बोक्रेचौकसम्मको सुन्दर तथा रमणीय स्थललाई सेल्फी रोडका नाउँले चिनिन्छ । पछिल्लो दुइ वर्षयता यहाँ दिनहुँजसो हजारौं आन्तरिक पर्यटकहरू आउने गरेका छन् ।

जेसिज निर्माण सप्ताहका रूपमा सञ्चालित विभिन्न कार्यक्रममार्फत जेसिजले नागरिकका जागरण र अपेक्षित परिवर्तनका लागि व्यक्तित्व विकासमा जोड दिइरहेको छ । स्थानीय सरकारको उपस्थितिपछि यहाँ जे जति गर्न सकिएको छ, यो आफैंमा पुग्दो छैन् । तथापि, निर्मित स्थानीय संरचनालाई आन्तरिक पर्यटन क्षेत्रको रूपमा विकास गर्न आवश्यक रहेको सन्दर्भ औल्याउँदै यसमा जेसिजले राम्रो काम गरेकोप्रति रोडका परिकल्पनाकार पार्थ बहादुर बुढाथोकीले धन्यवाद दिए ।

कार्यक्रमको अध्यक्षता अध्यक्ष जेसी सन्तोष ढुङ्गेलले गर्नुभएको थियो । कार्यक्रममा कार्यकारी उपाध्यक्ष जेसी अनिता राईं, जेसी प्रदीप फुयाँल, जेसी निर्मला भट्टराई, जेसी काशिहाङ राईं, जेसी नारायण प्रसाद दाहालको सक्रिय एवं अग्रणी भूमिका रहेको थियो ।

आफ्नो संस्था निर्माण सन्दर्भमा आयोजित जेसिज सप्ताह अन्तर्गत शहरबजार सरसफाई, स्थानीय घाट सरसफाईं, दीर्घरोगी र बिरामीलाई सहयोग, शासन व्यक्तिको होइन विधिको हुनुपर्छ अभियान, फुडसल, रक्तदान आदि कार्यक्रमहरू सम्पन्न गरेको छ । सेल्फी रोडमा राखिएको होडिङ बोर्ड सजावट कार्यक्रम यो सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन र रचनात्मक कार्यक्रम थियो ।

सम्बन्धित खवर