टेन्सवर्ग पथरी प्रिमियर लिग सुरु, उद्घाटन खेल बराबरीमा सकियो

टेन्सवर्ग पथरी प्रिमियर लिग सुरु, उद्घाटन खेल बराबरीमा सकियो

पथरी, टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबल शुक्रबारबाट सुरु भएको छ । उद्घाटन खेलमा शिखर एफसी र हिमाअस हाइवे बराबरी खेल खेलेका छन् ।

खेलको पहिलो हाफमा हिमाअस हाइवेले अग्रता कायम गरेको थियो । खेलको २८ औँ मिनेटमा जर्सि नं. ७ का किमजो धिमालले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफको थप अतिरिक्त समयमा जर्सी नं. १० का अमर याख्खाले गोल गर्दै टिलाई २–० को अग्रता दिलाए ।

पहिलो हाफमा कम्जोर देखिएको शिखर एफसी दोस्रो हाफमा भने खेलको लयमा फर्कियो । दोस्रो हाफको २५ औँ मिनेटमा जर्सी नं. १० का बम्फे धिमालले गोल गर्दै खेललाई २–१ मा ल्याए । पूनः शिखर एफसीका जर्सी नं. ११ सौर्य राउतले थप गोल गर्दै खेल बराबरीमा ल्याए ।

लिगकम नकआउटका शैलीमा भएको पहिलो खेलमा दुवै टिमले २/२ गोल गरेपछि १/१ अंक बाँडेका छन् ।

दुवैतर्फबाट निकै आकर्षक खेल प्रस्तुत गरेता पनि निकैवटा गोल गर्ने सुनौला अवसर भने गुमाए । खेलको म्यान अफदि म्याच शिखर एफसीका सौर्य राउत भए ।

यसअघि औपचारिक कार्यक्रमका बिच नगर प्रमुख दिलिप कुमार राईले खेलको उद्घाटन गर्नुभएको हो । ८ वटा टिम सहभागी रहेको लिगमा भोलीको खेल हेरिका न्यूस्टार र सिरजिंगा एफसी बिच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर