सुकुम्बासी समस्या समाधानका लागि छलफल

सुकुम्बासी समस्या समाधानका लागि छलफल

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरका सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या पहल समितिसँग भूमि समस्या समाधानका बारेमा आज बैठकमा छलफल गरेको छ ।

भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि सरकारले गठन गरेको भूमि सम्बन्धि समस्या समाधान आयोगका लागि नगरका तर्फबाट सम्पादन गर्नुपर्ने कामहरु तदारुकताका साथ अघि बढाउने बैठकमा निर्णय भएको छ ।

नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितका कार्यपालिका सदस्य र सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या पहल समितिका संयोजक जहरमान लिम्बू, उपाध्यक्षमध्येका मानबहादुर विश्वकर्मा, सचिव देवेन्द्र वनेम सहितका सदस्यबीच छलफल भएको हो । सवैको सहकार्यमा आयोगले पाएको अख्तियारीमा नगरपालिका कार्यालयले सहयोगी र सवन्वयकारी भूमिका निर्वाह गरेर समस्या समाधानमा जुट्ने निर्णय भएको नगर प्रमुख राईले जनाउनु भयो ।

मंसिर २२ गते प्रदेश राजधानी विराटनगरमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानको प्रक्रिया थाल्न पथरी शनिश्चरे सहितका पालिकाहरुसँग आयोगले समझदारीपत्रमा हस्ताक्षर गरेको पनि उहाँले छलफलमा जानकारी गराउनु भयो ।
नगरपालिकाले आयोगको सहयोग र समन्वयका लागि समिति निर्माण, कार्यालय व्यवस्थापन तथा कर्मचारी व्यवस्थापनको क्रम अघि बढाएको छ ।


सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: