पथरी, नगरका अपाङ्गता भएका आर्थिक विपन्न व्यक्तिहरुको राहतका मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयमार्फत न्यानो कपडा वितरण गरिएको छ ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल सहितको सहभागितामा आज वडा नम्बर ९ का १, ८ का २ जना गरी ३ जनालाई न्यानो कपडा ब्लाङ्केट वितरण भएको हो ।
अपाङ्गता भएका व्यक्तिहरुको २९ औं अन्तरराष्ट्रिय दिवशका सन्दर्भमा यसअघि अपाङ्गता भएका आर्थिक विपन्न परिवारका २ जनालाई ह्विलचियर र ४ जनालाई ब्लाङ्केट वितरण गरिएको थियो । अझै केहीलाई ब्लाङ्केट वितरण गरिने छ ।
सो टोलीले कोरोनाबाट जोगिन स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरे÷ नगरेको अवस्थाको पनि केही विद्यालयमा अनुगमन गरेको छ ।