विप्लव समूहद्वारा मोरङको मिक्लाजुङमा शिक्षकको गोली हानी हत्या

विप्लव समूहद्वारा मोरङको मिक्लाजुङमा शिक्षकको गोली हानी हत्या

उर्लाबारी, नेत्रविक्रम चन्द विप्लव समूहको गोली प्रहारबाट मोरङको मिक्लाजुङ—१ बर्खेमा एक शिक्षकको मृत्यु भएको छ । हातहतियार सहित आएको समुहले गोली प्रहार गर्दा शिक्षक राजेन्द्र श्रेष्ठको मृत्यु भएको हो ।

बिहान साढे ७ बजे गोली प्रहार भएपछि स्थानीय त्रसित भएका छन् । लाशको नजिक समेत जान स्थानीय डराएको बताईको छ । सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक समेत रहेका श्रेष्ठको टाउकोमा गोली लागेको छ । घटनास्थल तर्फ प्रहरी टोली जादैं गरेको सुचना प्राप्त भएको छ ।

प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार विप्लब माओवादीले गोली प्रहार गरेर हत्या गरेको भन्ने सुचना आएपछि घटनास्थल तर्फ लागेको र स्थल पुगेपछि थप जानकारी दिने बताए । इनेपालपेजबाट

सम्बन्धित खवर