रंगेली प्रहरीले, हराएका १० मोबाईल फेला पारी धनीलाई बुझायो

रंगेली प्रहरीले, हराएका १० मोबाईल फेला पारी धनीलाई बुझायो

रबिन्द्र बराल, रंगेली

ईलाका प्रहरी कार्यालय रंगेलीले बिगत एक महिनाको अवधिमा हराएका विभिन्न कम्पनीका १० थान मोवाईल फेला पारेको छ । फेला परेका ती मोबाइल सोमबार धनीलाई बुझाएको छ ।

बिगत एक महिना अगाडि देखि हराएका मोबाइलहरु सम्बन्धित व्यक्तिहरुले आफ्नो मोबाइलमा रहेको आइएमई नम्बर रंगेली प्रहरीलाई जिम्मा लगाएको थियो । प्रहरीले हराएका ति मोबाइलहरु खेजतालस गर्न थालेपछि धमाधम फेला परेका थिए ।

रंगेली प्रहरीले हराएका मोवाईलको लागि भिन्दै डेक्सको स्थापना गरि हराएका मोवाईलहरु खोज तलास गर्न थालेको प्रहरीले जनाएको छ । ९ महिना अगाडिदेखि मोबाइल हराएका सुनवर्षीका सुर्य नारायण दासले आफ्नो मोबाइल खोजिदिएकोमा प्रहरीलाई धन्यवाद दिए । दाले भने भेटिएला भन्ने आस नै थिएन् तर प्रहरीको सक्रियतामा भेटियो ।

प्रहरीले बिरेन्द्र सिंह, बहादुर मण्डल, सिता कुमारी राजवंशी, फिरोज मिया, सूर्य नारायण दास, लक्ष्मण शर्मा, खेम धिमिरे दिलिप कुमार साफि, मोहम्द कुर्वान, मौसम साहलाई हराएको मोवाईल फिर्ता समेत गरेको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले बताए ।

सम्बन्धित खवर