पथरी ।
कुमार खड्का
मोरङको पथरीमा झण्डै ६ वर्ष देखी चलायमान हुन नसकेको फुटवल खेल प्रतियोगिताले गति लिने भएको छ ।
२०७०/७१ सालमा पथरी गोल्डकप भएयता यस क्षेत्रमा कुनै पनि ठुला फुटवल प्रतियोगिताहरु चलायमान हुन सकेका थिएन ।
लामो समय देखी फुटवल खेलको मज्जा लिन भोकाएका स्थानियहरुलाई यस पटक भने कोरोना कहरको पिडालाई भुलाउदै र ६ वर्ष देखीको फुटवलको प्यासलाई मेटाउन स्थानिय युवाहरुले अवसर जुटाइ दिएका छन् ।
भण्डै एकवर्षदेखी कोरोनाका कारण थलिएको मोरङको खेल क्षेत्रलाई चलायमान गराउदै पथरीमा प्रिमियर लिगको आयोजना गरिने भएको छ । जसको तयारी अन्तिम चरणमा पुगेको छ ।
कोरोना कहरलाई भुलेर मोरङको खेल क्षेत्रलाई चलायमान गर्ने उदेश्यले अगामी मंसिर २५ देखी पथरी शनिश्चरे स्थित पथरी रंगशालामा प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिगको आयोजना हुन लागेको हो ।
पथरी शनिश्चरे नगरपालिका, नगर खेलकुद विकास समिति र स्थानीय संघ संस्थाको आर्थिक सहयोगमा नगरभित्रका युवालाई व्यवसायिक फुटबलतर्फ आर्कषित गर्न कोरानको त्रासलाई बिर्सिएर लिग प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको पथरी शनिश्चरे प्रिमियर लिग प्रतियोगिताका संयोजक सञ्जीव गिरीले बताए ।
प्रतियोगितामा नगरभित्रका विभिन्न आठवटा फुटबल क्लब बाट १४४ खेलाडीले आफ्नो कौशलता प्रस्तुत गर्ने भएका छन् । क्लबलाई खेलाडी खरिद गर्न बढीमा एकलाख रुपैयाँको बजेट शिलिङ तोकिएको छ ।
सबै क्लबले न्यूनतम तीन हजारदेखि १० हजार रुपैयाँसम्म रकम तिरेर एक मार्कीसहित १८ जनाको दरले अक्सनमा खेलाडी खरिद गरिसकेका छन् ।
सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा हिम हाउस हाइबे, श्रीजंग, शिखर र हेरीका न्यू स्टार फुटबल क्लब तथा समूह ‘बी’ मा टेन नवदय, द रियल ब्रदर, वाईजीएफटी र देविगञ्ज फुटबल क्लब परेका छन् ।
प्रत्येक टिमले तीन-तीनवटा लिग म्याच खेल्ने छन् । लिग च्याम्पियनले नगद १ लाख ७५ हजार र उपविजेताले ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन्
खेल संचालनका लागि लिग च्यामपियन राशीको व्यावस्था पथरी शनिश्चरे हङककङ समाजले गरेको आयोजक कमिटीका सचिव मनि लुम्फुवाले बताए ।
हरेक म्याचको म्यान आफ द म्याचलाई जर्सी र स्पोटर्स जुत्ताको व्यवस्था गरिएको छ ।
त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई १० हजार, हाईस्कोरर, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिड फिल्ड, फरवार्ड र उत्कृष्ट प्रशिक्षकलाई पाँच-पाँच हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएको छ ।
१५ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । उद्घाटन खेल बिहीबार हिम हाउस हाइवे र शिखर फुटबल क्लबबीच हुने छ ।
निजी क्षेत्रबाट प्रिमियर लिग प्रतियोगिता हुन लागेको मोरङमा यो पहिलो प्रतियोगिता हो ।
