काठमाडौं, राजावादीहरुले देशैभर गरेको प्रदर्शनबाट सरकार तर्सिएको छ । मुख्यगरी पछिल्लो समय भइरहेका प्रदर्शनका विषयमा छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाउने तयारी प्रधानन्त्री जुटेका छन् ।
सोमबार बसेको नेकपा स्थायी कमिटीको बैठकमा उपस्थित नभएका ओलीले सर्वदलीय बैठकका लागि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरिरहेको ओली निकट स्रोतले जानकारी दिएको छ।
बैठकमा देशभर बढिरहेको राजावादी प्रदर्शन र त्यसबाट उत्पन्न हुन सक्ने खतरा बारेमा छलफल हुने स्रोतले जनाएको छ । नेकपामा आन्तरिक रुपमा उत्कर्षमा पुगेको विवाद र यही समयमा भएको राजावादीको प्रदर्शनलाई बैठकले केन्द्रित गर्ने अनुमान गरिएको छ ।
सर्वदलीय बैठक कहिले बस्ने भन्ने यकिन नभएपनि यहि मंगलबार या बुधबार बस्न सक्ने स्रोतको दावी छ ।