तरूण दल कास्कीका युवा नेता शाहीले खोले रेष्टुरेन्ट

तरूण दल कास्कीका युवा नेता शाहीले खोले रेष्टुरेन्ट

संजय आचार्य, पोखरा

पोखरा महानगरपालिका वार्ड ३३ बागमारामा तरुण दल कास्कीका नेता रोजन शाहीले रेष्टुरेन्ट खोलेका छन् । ग्राहकहरुको माग र सुविधालाई मध्यनगर गर्दे सुबिधा सम्पन्न रोजन कटेज एण्ड रेष्टुरेष्टको शुभारम्भ गरेको शाहीले बताए ।

युवाहरु रोजगारीका लागि बिदेश भौतारी रहेका बेला आफु भित्रको श्रम र सीपलाई परिश्रमको मोती मानेर स्वदेशमा नै व्यवसाय संचालन गरी जिविकोपार्जन गर्न थालेको शाहीले बताए ।

युवा तथा सामाजिक अभियान्ता समेत रहेका शाही सानै उमेर देखी लगनशिल र परिश्रमी रहेका कारण जुनसुकै काममा पनि पुर्ण बिश्वास र नियमपुर्वक अभ्यास गर्न सके सफल भइने कुरामा बिश्वस्त रहेका छन् । अग्रज तथा साथीभाईको राय सल्लाह अनुसार आफु यो व्यवसायमा लागेको हुनाले यसमा सबैको साथ पाउनेमा उनी आशाबादी रहेका छन् । अहिले धेरै युवाहरु कृषि, पशुपालन र व्यवसायमा आकर्षित भइ स्वदेशमा नै आयआर्जनमा संलग्न भैरहेको बेला शाहीले पनि आफ्नो व्यवसाय सुरु गरेका हुन् ।

रेष्टुरेन्टमा चिकन, मटन तथा माछाका सम्पुर्ण आइटम पाइनुका साथै भेज तथा ननभेज आइटम, अर्डर अनुसार खाना, नास्ताको होम डेलीभरीको व्यवस्था समेत रहेको शाहीले जानकारी दिए ।

सम्बन्धित खवर