कास्की क्षेत्र नं. १ क को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सांसद कोइरालाद्वारा सार्वजनिक

कास्की क्षेत्र नं. १ क को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सांसद कोइरालाद्वारा सार्वजनिक

संजय आचार्य, पोखरा

गण्डकी प्रदेश सभा सदस्य कास्की क्षेत्र नं. १ क का सांसद दीपक कोइरालाले आफ्नो निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।

पोखरामा पत्रकार भेटघाट गरेर सांसद कोइरालाले योजना सार्वजनिक गर्नुभएको हो । कोइरालाले कार्यविधि अनुसार योजना र बजेट विनियोजन गरेको बताउनु भएको छ । पोखरा महानगरको ६ वटा वडा र रुपा गाउँपालिका आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बताउदै कोइरालाले सवै वडा र रुपा गाउँपालिका समेट्दै दुईवटा २५/२५ लाखको योजना सहित २५ वटा योजना सार्वजनिक गर्नुभएको हो ।

कृषि उपज संकलन तथा विक्रिकेन्द्र निर्माणको लागि पोखरा २७ तालचोकमा २५ लाख, शिवचण्डी मोटरबाटो रुपा २५ लाख, शहिद पार्क रुपा १ मा १० लाख, डेरी तथा कृषि उपज संकलन केन्द्र रुपामा २० लाख, सामुदायिक भवन रुपा टाकान्जामा ५ लाख, दलित भवन मर्मत रुपा ४ र ७ मा ५ लाख, माझकोट आमा समुहको भवन ५ लाख, हेल्थपोष्ट जानेबाटो पोखरा २६ मा ११ लाख, सक्नेरी रिठ्ठेपानी बाटो मर्मत पोखरा २६ मा ३ लाख, दलित भवन मर्मत पोखरा २६ मै ३ लाख बिनियोजन भएको छ ।

यस्तै वडानं २७ मा भू.पु साना सहरी जोड्नेबाटो ८ लाख, डाँडाबारी तटबन्धन तथा बाटो ढलान ७ लाख, ठुलो पंधेरो संरक्षण ३ लाख, जनकल्याण समाज भवन ३ लाख रहेको छ । पोखरा २९ नयाँबस्ती मोटरबाटो ८ लाख, लेखनाथ जेसीज भवन ४ लाख, पट्नेरी आवि जलकुने मोटरबाटोमा ६ लाख रकम रहेको छ ।

यस्तै पोखरा ३० मा विकल्प ग्रिन पार्क ७ लाख, नेवा खल भवन ४ लाख, सतिघाट तथा शव बाहन ५ लाख, मैदीताल माछा संकलन केन्द्र वडा नं. ३० र ३१ लाई ४ लाख रकम बिनियोजन भएको छ । पोखरा ३१ मा शहिद इन्दिरा तिवारी स्मृति पार्क तथा गेट निर्माणमा ५ लाख, सुन्दर बस्ती मगरडाँडा बाटो निर्माणमा ७ लाख रहेको छ । यस्तै पोखरा ३२ मा खुदीखोला खानेपानी योजनामा १२ लाख र राधाकृष्ण बृद्धाश्रमलाई ५ लाख गरी २ करोडको योजना सार्वजनिक गर्नुभएको हो ।

गत बर्षको योजना कोभिडको महामारीको विचमा पनि शतप्रतिशत योजनाको काम भएको भन्दै यस बर्ष पनि शतप्रतिसत योजनाहरुमा काम हुने सांसद कोइरालाले बताउनु भयो ।

सम्बन्धित खवर