आकस्मिक खुल्ला रक्तदान कार्यक्रम

आकस्मिक खुल्ला रक्तदान कार्यक्रम

पोखरा : नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नंं ३२, तल्लोगगनगौडा उप–शाखाले आइतवार ‘जिवनदान यो नै सवैभन्दा ठूलो महत्वपूर्ण योगदान‘ भन्ने मूलनाराका साथ आकस्मिक खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्धघाटन प्रमुख पोखरा महानगरपालिका वडा नंं ३२, का वडा अध्यक्ष अक्कल वहादुर कार्कीले कार्यक्रमका सभापति किसान परियारलाई ब्लड बैक हस्तान्तरण गर्दै स्व–इच्छाले रगत दान गर्नु नै रक्तदान भएकाले आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान भएकाले कसैको जीवन बचाउने रक्तदान नै सबैभन्दा ठूलो धर्म हो उनको जोड थियो ।

नेपाल रेडक्रम सोसाइटी पोखरा –३२, उपशाखाका सभापति किसान परियारको सभापत्विमा भएको सो कार्यक्रमा ३९ युनिट रगत संकलन गरिएको थियो ।

संस्थाका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक शरण कुमार प्रधानले स्थागत गरेको सो कार्यक्रममा वडा नंं ३२, का वडा सदस्यविष्णु प्रसाद तिवारी, महिला वडा सदस्य सुनमाया नेपाली, निवर्तमान अध्यक्ष मेघराज पौडेल, रक्त संचार पोखराका प्राविधिक प्रमुख महेन्द्र केसी लगायतले कार्यक्रमा आकस्मिक रक्तदानको वारेमा बोलेका थिए । कार्यक्रमको संचालन संस्थाका सचिव विन्दुराज तिवारीले गरेका थिए ।

सम्बन्धित खवर