सिरहामा सनराइज युथ युवा सञ्जालद्वारा तेश्रो पटक रक्तदान कार्यक्रम सम्पन्न, ३१जनाले गरे रक्तदान

सिरहामा सनराइज युथ युवा सञ्जालद्वारा तेश्रो पटक रक्तदान कार्यक्रम सम्पन्न, ३१जनाले गरे रक्तदान

राजेन्द्र महतो, लहान

सिरहामा सनराइज युथ युवा सञ्जालले ६ महिना भित्रमा तेश्रो पटकको रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। रगतको अभाव वढेपछि सिरहाको अर्नामा गाउँपालिका १ मनहौरमा शनिबार आज एक दिने रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तदान कार्यक्रममा ३१ प्रिन्ट रगत संकलन भएको छ ।
सञ्जालको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी लहान शाखा को प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो। सो रक्तदान कार्यक्रममा २९ जना पुरुष र २ जना महिला गरि ३१ जनाले रक्तदान गरेको सञ्जालकी अध्यक्ष शोभा साहले बताएकी छन् ।

अर्नामा गाउँपालिकाका अध्यक्ष ठक्कु महतोको प्रमुख आतिथ्यमा समपन्न सो रक्तदान कार्यक्रममा आयोजक कार्यसमितिका पदाधिकारीहरु र स्थानीय समाजसेवीहरु सहभागी थिए ।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष शोभा साहले अस्पतालहरुमा रगत आभब भैरहेको बेला सहयोगी मनहरुले रक्तदान गरेर निकै प्रशंसनीय काम गरेको बताएकी छिन्।

 

सम्बन्धित खवर