२ स्वास्थ्य स्वयमसेविका सम्मानित

२ स्वास्थ्य स्वयमसेविका सम्मानित

पथरी, १७ औं राष्ट्यि महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवशका अवसरमा आज पथरी शनिश्चरे नगरपालिका कार्यालयले आफ्ना २ जना ज्येष्ठ महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मानित गरेको छ ।

शान्ति भूल्के सिमसार क्षेत्रमा आयोजित कार्यक्रममा सावित्रा न्यौपाने र निर्मला खतिवडालाई जनही नगद ६० हजार र सम्मानपत्रले सम्मानित गरिएको हो । उहाँहरु ६० वर्ष उमेर पुगेकाले स्वयमसेविकाको जिम्मेवारीबाट विदाई समेत गरिएको छ ।

कार्यक्रममा, नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सरला राई सहितले उहाँहरुलाई नगद, सम्मानपत्र र दोसल्लाले सम्मानित गर्दै उहाँहरुको योगदानको उच्च मुल्यांकन गर्नुभयो । सो अवसरमा नगरका वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्य एवम् स्वास्थ्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।

२ जना स्वास्थ्य स्वयमसेविकाको विदाइपछि उहाँहरुको स्थानमा नयाँ २ जनालाई नियुक्त गरी स्वागत गरिएको छ ।

 

सम्बन्धित खवर