सिरहामा कोरोना संक्रमित एकजना पुरुषको उपचारका क्रममा मृत्यु

सिरहामा कोरोना संक्रमित एकजना पुरुषको उपचारका क्रममा मृत्यु

राजेन्द्र महतो, लहान

सिरहाका एकजना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । विराटनगर स्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय वृद्ध पुरूषको कोरोनाबाट मृत्यु भएको नोबेल मेडिकल कलेज विराटनगरले जनाएको छ।

ज्वरो र श्वास फेर्न समस्या भएपछि उपचारका लागि नोबेल अस्पताल लगिएको थियो । उनको सोही अस्पतालमा पिसिआर परीक्षण गर्दा गत बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनको शुक्रबार राति मृत्यु भएको बताइएको छ । योसँगै सिरहामा कोरोना पुष्टि भएर मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

सम्बन्धित खवर