पथरी ।
देश भरका ७५३ स्थानिय तहहरुमै पहिलो पालिका स्तरीय लिगका रुपमा दावि गरीएको फुटबल प्रिमियम लिगको तयारी अन्तीम चरणमा पुगेको आयोजकले जनाएको छ ।
बजार केन्द्रित खेल प्रणलीलाई परिस्कृत गर्दै गाउ-गाउ बाट खेलाडी उत्पादन गर्ने उद्श्येका साथ नगरमा पहिलो पटक लिग कम नकआउट शैलीमा फुटवल खेलको आयोजना गर्न लागिएको हो ।
यहि मंसिर २५ गते देखि हुने प्रिमियर फुटवल लिगको टाइटल स्पोन्सर टेन्सवर्ग वियर रहेको छ ।
नगर भित्रका आठ बटा टिम बाट १४४ खेलाडीले व्यावसायीक रुपमा प्रतिष्पर्धा गर्न लागेको प्रथम पथरी शनिश्चरे प्रिमियम लिगको तयारी ९० प्रतिशत पुरा भएको आयोजक कमिटीका संयोजक संजिव गिरीले बताए ।
लिग संचालनका लागि सहयोगी स्वदेशी तथा विदेशी हातहरु र सघ सस्थाले राम्रो सहयोग गरीरहेको छ्न । लिग च्यामपियनको पुरस्कार राशीको प्रायोजक पथरी शनिश्चरे हङककङ समाजले गरेको आयोजक कमिटीका सचिव मनि लुम्फुवाले बताए ।
लिग च्यामपियनले १लाख ७५ हजार र फस्ट रनरअपले ७५ हजार सहित ट्रफि मेडल र प्रमाण पत्र पाउने छन् ।
नेपालमै प्रथम पटक ७५३ स्थानिय तहहरु मध्येमै पहिलो पटक पथरी शनिश्चरे नगरपालिकामा अक्सन मार्फत खेलाडि छनौट गरि पहिलो फ्रेन्चाईज लिग हुन लागेको आयोजक कमिटीको दावि रहेको छ ।
प्रतियोगितामा पथरिशनिश्चरे नगर भित्रका देबिगन्ज फुटबल क्लब, वाई. जि. एफ. टि. क्लव, १० नवोदय फुटबल क्लब, हाइवे फुटबल क्लब, शिखर फुटबल क्लब, सिरिजङ्गा फुट्बल क्लब, हेरिका न्यु स्टार फुटबल र द रियल ब्रोदर फुटबल क्लब गरि जम्मा आठ क्लबले प्रतिष्पर्धा गर्ने भएका छन् ।
