जेसिजले ग¥यो स्वास्थ्य सामग्री वितरण

जेसिजले ग¥यो स्वास्थ्य सामग्री वितरण

राजविराज कारागारमा रहेका बन्दी, प्रहरी र कर्मचारीका लागि राजविराज जेसिजले स्यानेटाइजर, सेनेटरी प्याड र मास्क वितरण गरेको छ । जेसिज सप्ताहका अवसरमा नेपाल जेसिजका पूर्वकार्यकारिणी उपाध्यक्ष शङ्कर शारदा र राजविराज जेसिजका अध्यक्ष पुनम पोखरेलले कारागारका निमित्त प्रमुख सञ्जयकुमार रामलाई आज आयोजित कार्यक्रममा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो । कारागारमा एक आश्रित बालक र १७ महिलासहित ३७० बन्दी रहेका जनाइएको छ ।

हस्तान्तरण गरिएको सामग्रीमा १० लिटर स्यानेटाइजर, चार कार्टुन मास्क र चालीस पोका सेनेटरी प्याड रहेको कार्यक्रम संयोजक सिद्धार्थ तातेडले जानकारी दिनुभयो । रासस

सम्बन्धित खवर