उदयपुरको कटारीमा बम विस्फोट, ४ जना घाइते

उदयपुरको कटारीमा बम विस्फोट, ४ जना घाइते

उदयपुर, उदयपुरको कटारी नगरपालिका ८ स्थित सौर्य सिमेन्टको खानी क्षेत्रमा गए राति बम विस्फोट भएको छ । बम विस्फोट हुँदा चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी भिमबहादुर दाहालका अनुसार गए राती बम विस्फोट हुँदा भाग्ने क्रममा लडेर चार जना मजदुर घाइते भएका हुन् ।

बम विस्फोट कसले र किन गराएको भन्ने बारे अज्ञात रहेको प्रहरी प्रमुख एसपी दाहालले बताए । घाइते चारैजनलाई कटारी अस्पताल ल्याइएको र घाइतेको अवस्था सामान्य रहेको छ ।

सम्बन्धित खवर