झापा, झापाको बिर्तामोड नगपालिका २ चैतुबारीमा रहेको प्लाइ फ्याक्ट्रीमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन् । आगो नियन्त्रणमा लिन बिर्तामोडका ३ वटा दमकल तथा सुरक्षाकर्मी र स्थानियबासीहरु जुटिरहेका छन् । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
आज बिहान ०७ः१५ बजे नमस्ते प्लाई फ्याक्ट्रीमा विद्युत् सर्ट भई फन्टि फेन नामक काठको कच्चा पदार्थ र सिलिङ चेम्बरमा आगलागी भएको थापाले जानकारी दिए ।
घट्नास्थलमा ईलाका प्रहरी कार्यालय अनारमनी, १ नं. प्रदेश बिपद ब्यवस्थापन गुल्म चन्द्रगढी र सशस्त्र बेश क्याम्प शनिश्चरेबाट संयुक्त प्रहरी टोली खटिरहेको छ ।
होम प्रसाद घिमिरेको सञ्चालन गरेको प्लाई फ्याक्ट्रीमा आगलागी भएको छ । आगलागी भइरहेकोले क्षतीको बिवरण आउन बाँकी रहेको छ ।