यूकेको भिसा खुल्यो, कामदार भिसामा जान मिल्ने

यूकेको भिसा खुल्यो, कामदार भिसामा जान मिल्ने

यहि डिसेम्बर १ तारीखबाट विश्वको जुनसुकै ठाउँबाट पनि कामदार भिसामा यूके जान मिल्ने भएको छ ।

यूकेको ३० हजारभन्दा बढी कम्पनीहरूले एसिया, युरोप लगायत देशका डक्टर, सिभिल इञ्जिनीयर, आइटी इञ्जिनीयर, नर्स, हेल्थ केयर तथा सेल्स पर्सन लगायतका लागि वर्क पर्मिट खुल्ला गरेको नेपकम्स नियो एजुकेशन धरानका प्रमुख गौरब शाक्यले जानकारी दिएका छन् ।

उनका अनुसार यूकेको लाइसेन्स प्राप्त कम्पनीको स्पोन्सरमा मात्र आवेदन दिन सकिनेछ । उनले भने,“यो भिसा प्राप्त गर्नको लागि सर्वप्रथम यूकेको वेबसाइट www.gov.uk मा गएर visa and immigration मा गएर जानकारी लिन सकिनेछ । त्यहाँ गएर कम्पनी हेर्ने अनि के के भ्याकेन्सी छ भनेर हेरेर अप्लाइ गर्ने त्यसपछि त्यो कम्पनीले स्पोन्सर लेटर पठाएपछि मात्र भिसाको प्रोसेस सुरु हुनेछ ।”

उनका अनुसार ५ वर्ष अवधिको उक्त भिसा अन्तर्गत परीवार समेत लान सकिनेछ । उनले अन्य जानकारी लिन परेमा नेपकम्स नेपकम्स नियो एजुकेशन धरानमा सम्पर्क समेत गर्न सकिने बताएका छन् । रेडियो धरानबाट

सम्बन्धित खवर