बेलबारीमा पनि अपाङ्गता दिवश मनाइयो

बेलबारीमा पनि अपाङ्गता दिवश मनाइयो

बेलबारी, माेरङकाे बेलबारीमा २९ औँ अपाङ्गता दिवस मनाइएको छ। बेलबारी नगरपालिकाको आर्थिक सहयोगमा बेलबारी अपांगता संघ र मोरङ नेत्रहीन संघको आयोजनामा उक्त कार्यक्रम संचालन भएको हो।

बेलबारी नगरपालिकाका हरेक अपाङ्गता भएका व्यक्तिहरुका घरघरमा पुगेर हाते पर्चासहित अपांगता भएका व्यक्तिहरुका समस्या बुझ्ने र कोरोनासम्बन्धी सचेतता प्रदान गरिने कार्यक्रम रहेको मोरङ नेत्रहीन संघकी अध्यक्ष सावित्रा कोइरालाले बताइन्।

कार्यक्रममा शुभकामना प्रदान गर्दै बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले अपाङ्गता भएका नागरिकहरुलाई समाजमा सम्मानित जीवनयापन गर्ने अवसर प्रदान गर्न स्थानीय सरकार कटिबद्ध भइ लागेको बताइन्। बेलबारी नगरपालिकाको सिङ्गो जनसंख्याको दुई प्रतिशत जनसंख्या ओगटेका अपांगता भएका व्यक्तिहरुको कष्टकर जनजीवन जनप्रतिनिधि आएपश्चात निकै सहज भएको छ।नेपालको संविधानमा उल्लेख भए बमोजिम अपाङ्गगता भएका व्यक्तिहरुको निशूल्क स्वास्थ्य शिक्षा आदिको सुनिस्चितताका लागि स्थानीय सरकार सदैव सचेत र उदार रहेको छ।

हामी (स्थानीय सरकार) अपाङ्गता भएका व्यक्तिहरुको रुचि,सीप, क्षमताको पहिचान गरि उद्धमशीलताका माध्यमबाट आत्मनिर्भर बनाउँने अभियानमा छौँ तपाईंहरु ढुक्क हुनुहोस् स्थानीय सरकार कुशल अभिभावकको भूमिका निर्वाह गर्न सधैँ तयार छ, उपप्रमुख पराजुलीले भनिन्।

बेलबारी अपांङ्गता संघका अध्यक्ष भोजराज भुजेलको अध्यक्षता आयोजित कार्यक्रममा बेलबारी नगरपालिका वडा नं ३ का वडाध्यक्ष योगेन्द्र सुवेदी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाह लगायतले शुभकामना मन्तव्य राखेका थिए।

सम्बन्धित खवर