सनराइज युथ सिरहा संजालद्वारा रक्तदान गर्न अपिल

सनराइज युथ सिरहा संजालद्वारा रक्तदान गर्न अपिल

राजेन्द्र महतो, लहान

सिरहामा रगतको अभाव बढेसंगै अस्पतालमा रहेका बिरामीहरुमा थप त्राश थपिदै गएको छ। रगत अभावको कारणले सर्बसधारणको जीवनमा जोखिममा पर्ने खतरालाई न्युनिकरण गर्न सनराइज युथ सिरहा संजालले रक्तदान गर्न अपिल जारी गरेको छ ।

सनराइज युथ सिरहा संजालले सिरहाको अर्नामा गाउँपालिका १ महनौरमा शानिवार रक्त दान कार्यक्रमको आयोजना गरेको छ ।
संजालले सिरहामा रगतको अभाब भएकाले सम्पुर्ण रक्तदान गर्न मिल्ने साथिभाई तथा दिदि बहिनीहरुले अर्नामा गाउँपालिका १ महनौरमा बिहान ९ बजे देखि बेलुका ३ बजे सम्म रक्तदान गर्न अपिल गरेका छ्न् । संजालका अध्यक्ष शोभा साहले
रक्तदान जिवन दान हो हालको अवस्थाले भयाभह अवस्था सिर्जना भएको भन्दै एक थोपा रगतले पनि विरामीको ज्यान बच्न सक्छ त्यसैले यस्तो पुण्यकाममा रक्त दान गर्न मिल्ने रक्त दाता ले रक्तदान गर्न अनुरोध गरेका छन् ।

सिरहामा रहेका अस्पतालहरुमा रगतको अभाव देखा पर्दैगएको छ । सर्बसाधारण जो अस्पतालमा उपचार गराई रहेका छन् रगत अभावको कारण उपचार्थ बिरामीहरुको जीवन नै जोखीम पर्न सक्ने खतरा देखिएको छ ।

सम्बन्धित खवर