ज्ञानेन्द्रका ठाउँमा ओली हुदैमा देशमा गणतन्त्र आउदैन ः डा. रिजाल

ज्ञानेन्द्रका ठाउँमा ओली हुदैमा देशमा गणतन्त्र आउदैन ः डा. रिजाल

मोरङ, पूर्व मन्त्री तथा प्रतिनिधि सभा सांसद डा. मिनेन्द्र रिजालले ज्ञानेन्द्रका ठाउँमा ओली हुदैमा गणतन्त्र नआउने बताउनुभएको छ । विहिबार मोरङको क्षेत्र नं. २ हसन्दह आएका रिजालले सो कुरा बताउनुभएको हो ।

अहिलेको सरकारले बहुमत छ भनेर मैमत्ता भएर हिडेको रिजालले आरोप लगाउनुभयो । ज्ञानेन्द्रलाई फालेर बिद्या भण्डारी अथवा ओली कुर्सीमा बस्दैमा गणतन्त्र आयो भनेर मनलाग्दी गर्न नपाउने रिजालले बताउनुभयो ।

हिजो भएको कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलमाथीको व्यवहारले सरकार कति लाचार छ भन्ने प्रष्ट भएको पनि रिजालले बताउनुभयो । सरकारमा दुई तिहाइ छ भनेर कुनैपनि जनतालाई गिरफ्तारी गर्ने सरकारको आचरण विरुद्ध कांग्रेसले जुनसुकै कमद चाल्न बाध्य हुने पनि रिजालले बताउनुभयो ।

निर्वाचन क्षेत्रमा कार्यकर्ता भेटघाट तथा अन्तरक्रियामा रहेका रिजालले अन्य पार्टी परित्याग गरि कांग्रेस प्रबेश गर्ने दर्जनौं कार्यकर्तालाई स्वागत गर्नुभयो । पथरी शनिश्चरे ५ र ६ को संयुक्त आयोजनामा भएको कार्यक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला सदस्य समेत भएका नेकपाका सोमनाथ सुवेदी, स्वतन्त्रबाट सांसद पदका उम्मेद्वार समेत भएका गणेश कार्की, नेकपा मजदुर संगठन नगर सदस्य टेक बहादुर बुढाथोकी, नेकपाका कमल भारती, देवीमाया विशंखे, लिलम बहादुर थापा, काजल धिमाल, विनिता धिमाल, नेकपा नगर सदस्य कर्ण बहादुर धिमाल लगायत दर्जन बढि कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि डा. रिजाल, विशिष्ट अतिथिहरु नेका मोरङ जिल्ला सदस्य मोदराज घिमिरे, महासमिति सदस्य बद्रि निरौला, पथरी शनिश्चरे उपमेयर उमेद्वार प्रेमला राई लगायतले नव प्रवेशीहरुलाई अबिर, खदा सहित स्वागत सम्मान गरे ।

कार्यक्रममा विशिष्ट अतिथि निरौला, घिमिरे र प्रमुख अतिथि डा.रिजालले सम्बोधन गरे । कार्यक्रम वडा नं. ६ का वडा संयोजक ज्ञान बहादुर बस्नेतको सभातित्वमा समपन्न भएको हो ।

सम्बन्धित खवर