कांग्रेसले बुझायो ज्ञापन पत्र, भोली नै निर्णय गर्छौँ मेयर

कांग्रेसले बुझायो ज्ञापन पत्र, भोली नै निर्णय गर्छौँ मेयर

पथरी, नगरमा भएका बेथिति र तत्काल देखिएका समस्याका विषयमा कांग्रेस पथरी शनिश्चरेले ज्ञापन पत्र बुझाएको छ । आज (बुधबार) नगर सह–सभापती इश्वर बहादुर थापाको नेतृत्वमा नगर प्रमुख दिलिप कुमार राई र उप–प्रमुख यमुना विष्टलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएको हो । ज्ञापन पत्र बुझाएपछि नगरले भोली नै निर्णय गर्ने भएको छ ।

नगरको नागरिक बडापत्रमा देखिएको त्रुटी तत्काल सच्याउनुपर्ने, कोरोना महामारीमा भएको खर्च विवरण सार्वजनिक गर्नुपर्ने, नगरमा रहेको अव्यवस्थित बसोबासको समस्या समाधानको विषयमा भएको प्रगति विवरण देखाउनुपर्ने भन्दै ३ बुँदे माग राखेर ज्ञापन पत्र बुझाएको हो ।

नगर र वडामा रहेका नागरिक बडापत्रमा धारा, बिजुलीको सिफारिसका लागि वडामा आउँदा सो जग्गा छाड्ने स्व घोषणापत्र पनि चाहिने भन्ने बुँदा उल्लेख रहेको छ । सो बुँदा यस नगरमा कार्यान्वयन हुनै नसक्ने भन्दै सो बुँदा, घरनक्सा र जग्गा धनिपूर्जा आवश्यक पर्ने भन्ने कुरा तत्काल सच्याउन माग गरेको छ ।

ज्ञापन पत्र बुझाउदै थापाले यसअघिका ज्ञापनपत्रका विषयहरु पनि केही कार्यान्वयन हुन बाँकी रहेको भन्दै सो कुरालाई पनि मध्यनजर गर्न अनुरोध गर्नुभयो ।

ज्ञापन पत्र बुझ््दै नगर प्रमुख राईले ज्ञापन पत्रमा उल्लेख भएको पहिलो बुँदा सिफरिसका लागि आउदा चाहिने भनिएको स्व घोषणा पत्र हाल सम्म कार्यान्वयन नभएको बताउनुभयो । यस विषयमा भोली नै नगरले बैठक बसेर यो विषयको टुङ्गो लगाउने बताउनुभयो । यस्तै नगरको ठुलो समस्या अव्यवस्थित बसोबासका विषयमा पनि भोली बस्ने बैठकले निर्णय गरेपछि छिट्टै नै नगरले तथ्याङ्क सङ्कलनको काम अगाडी बढाउने बताउनुभयो । नगरले कोरोना महामारीमा गरेको खर्चको विवरण सबै चुस्त रहेको र समितिले सबैकुरा प्रष्ट राखेको बताउनुभयो ।

सम्बन्धित खवर