चक्रपथ र रेल्वेको कामले चाँडै गति लिने ः मन्त्री घिमिरे

चक्रपथ र रेल्वेको कामले चाँडै गति लिने ः मन्त्री घिमिरे

मोरङ, प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मोरङको चक्रपथ र रेल्वेको कामले अब गति लिने बताउनुभएको छ । मोरङको कटहरी–१ को जेएम युवा क्लबको २४औँ वार्षिकोत्सवका अवसरमा उहाँले मोरङको कटहरी–१ मा मुआब्जा विवादका कारण रेल्वेको काम अवरुद्ध भए पनि अब निर्माणले चाँडै गति लिनेछ भन्नुभयो ।

मन्त्री घिमिरेले मुआब्जाको विवाद समाधानतर्फ गएको जानकारी दिँदै चक्रपथ र रेल्वे सञ्चालनमा आएपछि यस क्षेत्रका जनताको सामाजिक र आर्थिक जीवनमा परिर्वतन हुने बताउनुभयो । उहाँले सांसद विकास विकास कोषबाट क्लबलाई रु ५० हजार मूल्यबराबरको खेल सामग्री प्रदान गर्नाका साथै टेबलटेनिस प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गर्नुभयो । रासस

सम्बन्धित खवर