सामाचकेवा विर्सजन गरिदै

सामाचकेवा विर्सजन गरिदै

राजेन्द्र महतो, लहान

सिरहाको लहान नगरपालिका अन्तर्गत मालपोत रोडमा थारु महिलाहरुले भाई बहिनीको अथाह प्रेमको कथामा आधारित सामाचकेवा पर्वको आज समापन गरिदैछ । आज पूर्णिमाको दिन खेत अर्थात् बाली नरहेको खाली खेत वा नदी तलाउमा विसर्जन गरिने परम्परागत यो लोक गीत अर्थात् सामा चकेवा लाई आफनो जातिय पहिरनमा सजिएर बाजा गाजा सहित विसर्जन गर्न लागिरहेको यो दृश्य आज रातीसम्म मधेशमा देखिन्छ ।

बाँसको सानो ढाकि अर्थात् चङेरामा सामा खेल्ने बेलामा बनाएको माटोको प्रतिमाहरु सतभइया, चुगला लगाएतका प्रतिमाहरु आज बेलुका पानीको तलाउमा नुहाएर विसर्जन गर्ने चलन रहेको यस पर्वमा विसर्जनको बेलामा दाजु भाईलाई चिउरा, दही, सखर फलफूल खुवाउने चलन छ ।

ठाउँ अनुसार विभिन्न कार्यक्रम गरेर विसर्जन गरिने यो पर्वमा पोखरीलाई सजाउने अनि पालकी (डोली) बनाई सामा त्यसमा राखेर नाचगान बाजागाजा सहित धुमधामसँग विसर्जन गर्ने गरिन्छ । यो पर्व खासगरी दानवहरुबाट बहिनीहरूले एकापसमा बचाएको हुनाने अत्यन्त कारुणिक र मार्मिक रहेको हुन्छ ।

कारुणिक भाकामा बेलुका खाना खाएर रमाइलो साथ गाउँको एक ठाउँमा महिला दिदीबहिनीहरु भेला भई बसेर गाइने यस लोक पर्वमा घर बाहर भेली भैया लेल डाला छिन सुन गे राम सहनी गीतको बोलबाट सधैं सुरुवात गरिने गीतमा बढी चुगलालाई गीतको माध्यमबाट फोहोर गाली गर्ने चलन रहेको छ । यस पर्वमा माटोको कलशमा दियो बालेर गीतको सुरुवात गरिन्छ । हुनत आजभोलिको आधुनिकताले पनि यसलाई अछुतो रहन दिएन गच्छे अनुसारको आधुनिक गीतमा ढालेर गाइने परम्परागत यसलाई समाजको संस्कृत भनेर मधेशमा बुझन जरुरी छ ।

सम्बन्धित खवर