कोरोना कहरमा जिम्मेवारी देखाएका सांसद डा. रिजाल क्षेत्रको समस्या बुज्न अन्तरक्रियामा व्यस्त

कोरोना कहरमा जिम्मेवारी देखाएका सांसद डा. रिजाल क्षेत्रको समस्या बुज्न अन्तरक्रियामा व्यस्त

किरण न्यौपाने, रंगेली

मोरङ क्षेत्र नं. २ का सासंद डा. मिनेन्द्र रिजालले अगुवा कार्यकर्ताहरुसंग अन्तरक्रिया थालेका छन् । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सासंद रिजालले सोमबार सुनवर्षी नगरपालिका वार्ड नं. ६, ७, ८ र ९ का अगुवा नेता तथा कार्यकर्ताहरुसंग वर्तमान अवस्थामा जनताले भोग्नु परेको समस्या र क्षेत्रको विकास अवस्था बारे जानकारी लिएका हुन्  ।

सासंद रिजालले कोरोनाको महामारीका बेला काठमाडौंमा अलपत्र परेका क्षेत्रका जनताहरुलाई उद्दार र खाधान्न वितरण गर्दै करिव २० हजार जनतालाई माक्स वितरण गरेका थिए । रिजालले सोमबार विपि सेवा केन्द्र डाइनियामा आयोजित अन्तरक्रियामा अहिलेको अवस्थामा कोरोनाको जोखिमबाट जोगिन सुवाझ दिए । उनले भने –अहिले कोरोनाले सबै क्षेत्रलाई अस्तव्यस्त बनाएको छ, यो महामारी हो हेलचेक्राइ नगरौँ । सो क्रममा अगुवा कार्यकर्ताहरुले सासंद विकास कोषबाट निर्माण भएको पुर्वाधार बारे जनतालाई जानकारी नभएको र रतुवाखोलाको वारी तर्फको निर्माण कार्यमा ठेकेदारले ढिला सुस्ती गरिरहेको बारे ध्यानकर्षण गराएका थिए ।

कृषकहरुले समयमा बिऊ तथा मलखाद नपाइ रहेको समेत सासंद रिजाललाई अगुवाहरुले जानकारी गराएका थिए । सासंद रिजाल एक साता निर्वाचन क्षेत्रकै अगुवाहरुसंग अन्तरक्रिया गर्ने भएका छन् । सो क्रममा पथरी शनिश्चरे, रंगेली, सुनवर्षी र रतुवामाई नगरपालिका क्षेत्रका अगुवासंग अन्तरक्रिया गर्ने तालिका रहेको क्षेत्रका स्वकिय सचिव विकास शिवाकोटीले जानकारी दिए ।

सम्बन्धित खवर