नवराजपुर गाउँपालिका भ्रष्टाचारको अखाडा ः जसपा नेता शिवा यादव

नवराजपुर गाउँपालिका भ्रष्टाचारको अखाडा ः जसपा नेता शिवा यादव

राजेन्द्र महतो, सिरहा

जनता समाजवादी पार्टीका युवा नेता शिवा यादवले नवराजपुर गाउँपालिका भ्रष्टाचार र अनियमितताको बोर्डर लाईन पार गरेको भन्दै कडा संघर्षमा उत्रने चेतावनी दिएका छन् । उनले गाउँपालिका अध्यक्ष विश्व मोहन प्रसाद यादवले आफ्नो मनोमानी किसिमले कार्यपालिका चलाएको भन्दै आरोप लगाएका हुन् ।

नेता यादवले भने गाउँपालिका हालसम्म स्कुलको बिज्ञान प्रयोगशालामा संचालित हुनुले बिद्यार्थीहरुको सिकाई प्रभावित बनेको छ । लाखौं बजेट खर्चिएर बनाईएको बाउन्ड्री पर्खाल भत्किएको छ । कमसल सामान प्रयोग भएको पर्खाल रकम निकासा हुने वित्तिकै भत्किनु पालिकाको कार्यशैलीलाई दर्शाउछ यादवले भने ८ महिना अगाडि छात्राहरूलाई बाँडन ल्याएको साईकल हालसम्म गोदाममा थन्काईएको छ । उहिले खरिद गरि ल्याईएको ह्यान्ड पाईप, बोरिङ, मोटर लगायतका कृषि सामग्रीहरु समेत वितरण गरिएको छैन् । कोभिड १९ माहामारीमा प्रभावित जनसमुदायको लागि छुट्ट्याईएको १ करोड ४० लाख बराबरको राहतमा समेत घोटाला भएको छ ।

बाढी पीडितको लागि आएको राहत प्याकेजमा समेत बेईमानी भएको स्थानीय बताउँछन् । स्थानीय बालेश्वर यादवका अनुसार बाढी पीडितको लागि भनिएको राहत सामग्री वडा २ र ३ मा हाल सम्म बाडिएको छैन् । यस विषयमा गापा अध्यक्ष यादवसंग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

सम्बन्धित खवर