राजेन्द्र महतो, लहान
सिरहाको गोलबजार नपामा बालिका गुलफसा र संजय न्यौपानेको न्यायको लागि बिरोध प्रदर्शन गरेका छ्न्। महोत्तरीको बर्दिबास नगरपालिका १४ शुभम् बस्तीकी ६ वर्षीय बालिका गुलाब शाह खातुन बलात्कार पछि हत्यामा संलग्नलाई कार्वाहीको माँग गर्दै शनिवार सनराइज युथ सिरहा संजालको आयोजनामा युवाहरुले विरोध प्रर्दशन गरेका हुन् ।
सयौंको संख्यामा उपस्थित किशोर किशोरी तथा युवाहरुको जुलुशले बलात्कारीलाई कार्वहीको माग गर्दै विभिन्न नारा तथा प्रतिकात्मक फोटोहरु सहित जुलुस निकाल्दै बजार परिक्रमा गरी पुर्व पश्चिम राजमार्गको गोलचकर चौकमा कोणसभा गरेका थिए।
कोणसभामा सनराइज युथ सिरहा संजालकी अध्यक्ष शोभा साहले जब सम्म नेपाल सरकारले संबिधानमा बलात्कारीलाई कुनै ठोस सजायको कानुनको निर्माण गर्दैन तबसम्म नेपालमा गुलफसा जस्ता चेलीबेटीको बालात्कार गरि हत्या भइरहन्छ र सरकारले दोशीलाई सजायको सट्टा संरक्षण दिइरहने बताएकि छिन् ।
कार्यक्रममा सहभागीहरुले प्रहरीले समेत भेदभाव गरेको बताएका छन् । काठमाडौंमा आन्दोलन हुँदा पानीको फोहोरा चल्ने तर तराइमा आन्दोलन हुँदा गोली चलाउने प्रहरी प्रशासनको भेदभाव शैली रहेको सहभागीहरुले बताए । प्रहरी मेरो साथी नाराको ठिक उल्टो हिड्ने गरेको पनि उनिहरुले आरोप लगाए ।
गत आइतबार घरबाटै हराएकी बालिका मंगलबारमात्र बोरामा कसेर झाडिमा फालेको अवस्थामा शब फेला परेको थियो । हत्या तथा बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले महोत्तरीकै गौशला ५ घर भाई बर्दिवास बस्दै आएका २६ वर्षीय अरुण कुमार साहलाई नियन्त्रणमा लिएको छ ।
साह विरुद्ध प्रहरीले अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दा दर्ता गराएको छ । बालीकाको बलात्कार तथा हत्या विरुद्ध प्रदेश २ का धेरै जिल्लाहरुमा विरोध प्रदर्शनहरु भइरहेका छन् ।