प्रदेश १ मा आज १८० सङ्क्रमित थपिए, ८४ जना डिस्चार्ज

प्रदेश १ मा आज १८० सङ्क्रमित थपिए, ८४ जना डिस्चार्ज

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा ७७३ जनाको पिसीआर परीक्षण गरिएकामा ६८ महिलासहित १८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा सुनसरीका ५३, मोरङका ३६ मध्ये विराटनगरमा १६, झापाका ४९, इलामका १७, पाँचथरका छ, धनकुटाका चार, उदयपुरका दुई र ताप्लेजुङ, तेह्रथुम र भोजपुरका एक÷एक र प्रदेश बाहिरका १० जना रहेका छन् ।

प्रदेशमा सङ्क्रमितको सङ्ख्या २६ हजार ८५९ पुगेको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २६ हजार ८५९ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म एक लाख ८९ हजार ५०२ जनाको पिसीआर परीक्षण सम्पन्न गरिएको छ । पछिल्लो २४ घण्टामा उपचारपछि निको हुनेको सङ्ख्या ८४ पुगेको छ । यससँगै प्रदेशमा हालसम्म उपचारपछि निको हुनेको सङ्ख्या २१ हजार ७६२ पुगेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर