ट्राफिक प्रहरीले उठाएको राजश्व अब सिधै बैंकको खातामा जाने

ट्राफिक प्रहरीले उठाएको राजश्व अब सिधै बैंकको खातामा जाने

पाेखरा : ट्राफिक प्रहरीले उठाएको राजश्व अब सिधै बैंकको खातामा जाने भएको छ । ट्राफिक प्रहरीले सवारी नियम उलंघन गरेबापत सम्बन्धित सवारी धनी तथा चालकहरुबाट जरिवाना स्वरुप संकलन गरिने राजश्व अब सिधै बैंकको खातामा जाने भएको हो । यसअघी ट्राफिक प्रहरीले कार्यालयमा संकलन गरेपश्चात मात्रै वैंकमा जम्मा गर्ने गरिएको थियो ।

ट्राफिक प्रहरीले उठाउने राजश्व संकलनलाई सहज बनाउनका लागि ट्राफिक प्रहरी कार्यालय कास्कीको हाताभित्रै आई.एम.ई.बैंकको काउन्टर राखिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ नयाबजारमा रहेको ट्राफिक कार्याय हाताभित्र सो बैंकको काउन्टर स्थापना गरिएको गण्डकी प्रदेश ट्राफिक कार्यालयले जनाएको छ । कार्यालय स्थापनासँगै सो काउन्टरबाट राजश्व संकलनको कामपनि शुरु गरिसकिएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार अबदेखि सेवाग्राही आफैले बैंकमार्फत राजश्व भुक्तान गर्न सक्नेछन् ।

प्रवक्ता कार्कीले राजश्व संकलनलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन सेवाग्राही स्वयम्ले बैंकमार्फत राजश्व भुक्तानी गर्ने ब्यबस्था गरिएको बताए ।

सम्बन्धित खवर