उदयपुरको बेलका नगरपालिकाद्वारा विद्यार्थीहरुलाई साइकल वितरण

उदयपुरको बेलका नगरपालिकाद्वारा विद्यार्थीहरुलाई साइकल वितरण

उदयपुर : उदयपुरको बेलका नगरपालिकाले विद्यालय पुग्न लामो समय खर्चनु पर्ने विद्यार्थी छात्राहरुलाई साइकल वितरण गरेको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा विद्यार्थीहरुलाई ९० थान लेडिज साईकल वितरण गरेको बेलका नगरपालिका का प्रमुख दुर्गा कुमार थापाले जानकारी दिनुभयो । नगर प्रमुख थापाका अनुसार अन्य सय जनालाई पनि चाडै साईकल बितरण गरिने छ ।

विद्यालय पुग्न लामो समय पैदल हिडेर समय खर्चिएका बालिकाहरुको लागि साइकल वितरणले सहज पुग्ने र छोरीलाई पढ्न थप हौंसला मिल्ले नगर प्रमुख थापाले बताउनुभयो । नेपाल रेडक्रस सोसाईटी उदयपुर, ओरेक नेपाल, सिएमसि नेपाल, राष्ट्रीय कृषक महासंघ समुह बेलका नगरको सहयोगमा साइकल वितरण गरिएको थियो ।

त्यस्तै साइकल वितरण कार्यक्रममका प्रदेश संसद अम्बिका थापा, नगर प्रमुख दुर्गा थापा, उपप्रमुख रामकुमारी चौधरी राजनीतिकदलका प्रतिनिधी, नगरपालिकाका कर्मचारी, महिला अधिकारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर