पथरी ।
मोरङमा पछिल्लो २४ घण्टाको अन्तरमा कोरोना बाट दाजुभाइको मृत्यु भएको छ । यो सगै मोरङमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १०९ पुगेको छ ।
लेटाङ नगरपालिका-२ का ७० वर्षीय गोपाल कोइराला र ६३ वर्षीय ईश्वरीप्रसाद कोइरालाको मृत्यु एक दिनको अन्तरमा नोबेल शिक्षण अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।
अस्पतालको आइसोलेसनमा कोरोनाको उपचार हुँदाहुँदै दाजु गोपालको बिहीबार बिहान मृत्यु भयो । कोरोना संक्रमण मुक्त भएका भाइ ईश्वरीको शुक्रबार बिहान ११ बजेतिर मृत्यु भएको हो ।
नेपाली कांग्रेस नेता ईश्वरी लामो समय देखी मधुमेह र फोक्सो सम्बन्धी रोग बाट ग्रसित थिए ।
ईश्वरी कांग्रेस मोरङ क्षेत्र नम्बर १ ‘ख’ का सभापति हुन् । उनी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रमा कांग्रेसबाट उम्मेदवार बनेका थिए । निर्वाचनमा नेकपाका उपेन्द्र घिमिरेसँग पराजित भएका थिए ।
कांग्रेसका नेता एवं उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, पार्टीका जिल्ला सचिव मोदराज घिमिरेलगायतले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेपछि शवको लेटाङकै चिसाङ खोलामा अन्त्येष्टि गरिएको कांग्रेसले जनाएको छ ।