नेपालमा शुक्रबार (आज) थप १ हजार ७०३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप थप १ हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ ।
यसैगरी शुक्रबार थप १२ सय ३६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार यससँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख ९ हजार ४३५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ सय ३५ पुगेको छ ।