सिरहामा बस र मोटरसाईकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु

सिरहामा बस र मोटरसाईकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु

राजेन्द्र महतो, लहान

सिरहाको नरहा गाउँपालिका १० पदमपुरमा बस र मोटरसाईकल एक आपसमा ठोकिदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

सिरहाको चोहर्वा–सिरहा सडक अन्तर्गत सिरहा नगरपालिका वडा नं. १० पदमपुरमा सिरहाबाट चोहर्वा तर्फ जाँदै गरेको ना. ५ ख ५५१८ नम्बरको माँ शेराबाली बस र विपरित दिशा चोहर्वाबाट सिरहा तर्फ आउदै गरेको प्रदेश २–०१००१–प १२५९ नम्वरको मोटरसाईकल ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाईते भएका सिरहा नगरपालिका वडा नं. ११ भलुवाहीका जगदेव कामतीको छोरा अन्दाजी २५ वर्षीय देव नारायण कामती र सोही ठाउँ बस्ने कारीराम कामतीको छोरा अन्दाजी २६ वर्षीय अरुण कुमार कामतीको उपचारको लागि जिल्ला अस्पताल सिरहा ल्याउदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र चालक ईलाका प्रहरी कार्यालय बिष्णुपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर