बर्षौँपछि मोरङको हसन्दहमा प्रहरी चौकी बस्ने तयारी

बर्षौँपछि मोरङको हसन्दहमा प्रहरी चौकी बस्ने तयारी

पथरी, मोरङको पथरी शनिश्चरे ६ स्थित हसन्दहमा बर्षौँपछि प्रहरी चौकी बस्ने तयारी भएको छ । हसन्दह चौकी स्थापनाको लागि प्रहरी प्रधान कार्यालयबाट इलाका प्रहरी कार्यालय पथरीमा पत्र आए पछि प्रहरी चौकी बस्ने निधो भएको हो ।

प्रहरी चौकी स्थापनका लागि पत्र आइसकेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपि दिलिपकुमार गिरीले बताउनुभयो ।साबिक हसन्दह गाबिसमा प्रहरी चौकी स्थापना गर्न दशक अघिदेखी प्रयास भइरहे पनि सफल हुन कसेको थिएन । वर्षौँ अघि प्रहरी चौकीका लागि भनेर निर्माण गरेको भवन जिर्ण हुने अवस्थामा पुगेको थियो । प्रहरी चौकी स्थापनाका लागि पटक पटक गरिएको पहल पछि बिहिबार चौकी उद्घाटन गर्ने गरी तयारी गरेको वडा अध्यक्ष जय बहादुर तामाङले जानकारी दिनुभयो ।

प्रहरी चौकी आउनु वडा नं. ६ का लागि मात्रै नभएर समग्र हसन्दहवासीका लागि ठुलो उपलब्धी भएको अध्यक्ष तामाङले बताउनुभयो । कार्यक्रममा प्रोटोकलका हिसाबले नगरप्रमुख दिलिप कुमार राई प्रमुख अतिथि रहने तय भएको छ । उद्घाटन कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी, एसपी, इलाका प्रहरी कार्यालय पथरीका डिएसपी, वडा अध्यक्षहरु लगाएतका उपस्थीति रहने तामाङले जानकारी दिनुभयो ।

हसन्दह बजार इलाका प्रहरी कार्यालय पथरीको क्षेत्र अन्तर्गत पर्दछ । यस अघि हसन्दह क्षेत्र प्रहरी चौकी कुसेचौरीले हेर्दै हेर्दै आएको थियो । भुगोल ठुलो भएका कारण आकस्मिक समस्यामा प्रहरी पुग्न मुस्किल हुने गरेको थियो । हाल प्रहरी चौकी रहने भवन ५ कठ्ठा क्षेत्रफलमा २ कोठे भवन, शौचालय लगायत पूर्वाधारहरु रहेका छन् । चौकी स्थापनाको लागि भवन रंग रोगन, खाटको ब्यबस्थापन, सरसफाई, बिद्युत वाइरिङ, पानीको लागि कल गाड्नुको साथै किचन निर्माण भइसकेको छ ।

इलाका प्रहरी कार्यालय अन्तर्गत कानेपोखरी, रमाइलो र कुशेचौरी चौकी गरी ३ वटा प्रहरी चौकी रहेका छन् । हसन्दह समेत गरेर अब ४ वटा प्रहरी चौकी रहनेछन् । प्रहरी चौकीमा प्रहरी सहायक निरिक्षक (असइ) को नेतृत्वमा दुईजना हवल्दार सहित १५ जना प्रहरी रहने व्यवस्था रहेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर