सिरहामा लागू औषध सहित एक युवक पक्राउ

सिरहामा लागू औषध सहित एक युवक पक्राउ

राजेन्द्र महतो, लहान

सिरहामा लागू औषध सहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले बुधबार लहान नगरपालिका १९ कटाहा चौक स्थित चेकजाँच गर्ने क्रममा लहान न.पा. ३ का १९ वर्षीय प्रमानन्द गुप्ताको साथबाट अबैध लागुऔषध फेनार्गन ४७ एम्पुल, डाईजेल्याप ४७ एम्पुल र नोर्फिन ४७ एम्पुल लागू औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पक्राउ परेका गुप्तालाई आबश्यक कार्बाहीको लागि इलाका प्रहरी कार्यालय लाहानमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जानकारी दिए ।

सम्बन्धित खवर